site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बारामा भारी वर्षा, दिउँसो यी स्थानका नदी/खोलामा बाढीको जोखिम
फाइल तस्बिर ।

काठमाडौं । बारामा भारी वर्षा भएको छ । दुधौरा खोला गढीमाई जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ । 

सिमरा, परवानीपुर, कलैया र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ ।

दुधौरा, पसाह, बकैयालगायत सो क्षेत्र भएर बहने अन्य साना खोलाहरूमा जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले उच्च सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज बारा, पर्सा, मकवानपुर र आसपास भएर बहने अधिकांश स–साना नदी तथा खोलामा आकस्मिक बहावको मध्यम जोखिमको पूर्वानुमान रहेको विभागले बताएको छ ।

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूका साथै कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने विभागले जनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro