site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

गोरखा । गोरखामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । गोरखा नगरपालिका–६, पाटेचौरस्थित निर्माणाधीन घरको छतमा रेलिङ राख्ने क्रममा करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजार घर भएका २४ वर्षीय सुनील मगरको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका मगरको तत्काल उद्धार गरी गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेजमा पुर्‍याइएको थियो ।

Dabur Nepal
NIC Asia

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

करेन्ट लागेसँगै काम गरिरहेका भारत घर भई गोरखा नगरपालिका–८, पेट्रोल पम्प बस्दै आएका २८ वर्षीय अर्मन खान घाइते भएका छन् । उनको एपोलो अस्पतालमा उपचार भइरहेको डीएसपी श्रेष्ठले बताए ।

छतमा काम गरिरहेका बेला फलामको रडले नजिकै रहेको बिजुलीको नांगो तारमा छोइन पुग्दा दुवैलाई करेन्ट लागेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro