site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले टिकटक खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बाले जानकारी दिए ।

टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाअनुसार दर्ता हुन सहमति जनाएपछि प्रतिबन्ध हटाइएको हो ।

Argakhachi Cement Island Ad

सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्ने नीतिअनुरूप सरकारले टिकटकमाथिको प्रतिबन्धन हटाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत साउन २४ गते प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीसँगको छलफलमा टिकटकमाथिको प्रतिबन्ध हटाउने प्रस्ताव ल्याउन निर्देशन दिएका थिए ।

०८० कार्तिक २७ गते तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्