site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई निष्कर्षमा पुर्‍याउन पीडितलाई दिने न्यायमा ध्यान दिनैपर्छ'

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई निष्कर्षमा पुर्‍याउन पीडितलाई दिने न्यायमा ध्यान दिनैपर्ने बताएका छन् । 

बिहीबार राष्ट्रियसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलका क्रममा सिटौलाले विधेयक निष्कर्षमा पुग्नै लाग्दा केही असन्तुष्टि पनि बाहिर आउन थालेको बताए ।  पीडितलाई दिने न्यायमा ध्यान दिएर संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउनुपर्ने उनको भनाइ थियो । 

Argakhachi Cement Island Ad

उनले अब सबैको ध्यान बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगमा केन्द्रित हुने भएकाले गम्भीरतापूर्वक सरकारले आगामी कदम चाल्नुपर्ने धारणा राखे ।  

सिटौलाले सुराकीको आशंकका भरमा राज्यपक्ष वा विद्रोही पक्ष दुवैपक्षबाट पीडित भएका परिवारलाई पनि न्याय दिनसक्नुपर्नेमा जोड दिए । 

देशलाई कठिन अवस्थामा एक भएर जोगाउने दलहरूबीच अहिले विश्वासको खाडल देखिएको भन्दै फेरि एकपटक सबै राजनीतिक दलहरू एक भएर मुलुकमा देखिएका चुनौतीको सामना गर्नुपर्ने धारणा राखे । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्