site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुवास बरालकाे नेतृत्वमा सिडेनले घाेषणा गर्‍यो उमेदवारी

काठमाडौं । इन्जिनियरहरूको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले सुवासचन्द्र बरालकाे अध्यक्षतामा उमेदवारी घाेषणा गरेकाे छ । बुधबार ललितपुरमा उमेदवारी घाेषणा सभाको आयोजना गरेर प्यानल नै सार्वजनिक गरिएकाे हाे ।

अध्यक्षका उमेदवार बरालले आफ्नाे २४ वर्ष लामाे पेसागत अनुभवलाई संस्थाकाे गरिमा वृद्धि गर्न, इन्जिनियरहरूकाे हकहितकाे रक्षा गर्दै देश निर्माणमा प्रयाेग गर्ने बताए ।

बराल अध्यक्ष, प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिवका उमेदवार बनेका छन् । 

भदौ २८ गते ३४औँ कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि निर्वाचन हुँदै छ । लोकतान्त्रिक समूहले सहमतिमै प्यानल टुंगो लगाएको हो । इन्जिनियरिङ एसोसियसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको थियो । 

त्यस्तै, वाग्मती प्रदेश तेस्राे प्रदेश कार्यकारिणी समितिका लागि इन्जिनियर बलराम पुडासैनी अध्यक्ष रहेकाे प्यानल घाेषणा भएकाे छ । 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्