site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेतृत्वमा गम्भीर प्रश्न उठेपछि प्रचण्डले थाले ‘म्याराथन’ बैठक (तालिकासहित)
SkywellSkywell

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्व क्षमतामा गम्भीर प्रश्न उठेको छ । पार्टीमा तलदेखि माथिसम्म नातावाद/कृपावाद हावी भएको, पार्टी खिइँदै गए पनि नेतृत्वले जिम्मेवारी नलिएको, सशस्त्र युद्धकालीन नेतृत्व पद्धतिबाट बाहिर निस्कन नसकेको र पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास नगरेको आरोपसहितको प्रतिवेदन उपमहासचिव जनार्दन शर्माले पेस गरेका थिए ।

शर्माले प्रतिवेदनमा पार्टी नेतृत्वमा राजा महाराजाको शैली आएको, पार्टीलाई माया गर्ने र वास्तविक सुझाव राख्नेहरू आफन्त र स्वार्थ समूहको घेरा तोडेर नेतृत्वसम्म पुग्न नसक्दा हार खाएर पार्टीसँग टाढिएको उनले आरोप लगाएका छन् । 

शर्माको प्रतिवेदनमा अधिकांश स्थायी कमिटीका सदस्यहरूले समर्थन जनाउँदै प्रचण्डमा सुधार जरुरी रहेको बताएपछि प्रचण्ड नेतृत्वबाट विस्थापित हुने जोखिममा परेका थिए । त्यसलाई व्यवस्थापन गर्न प्रचण्डले देशमा माओवादीमाथि लगातार आक्रमण भइरहेको, जनयुद्धका उपलब्धी सिध्याउन संगठित प्रयास भइरहेको अवस्थामा पार्टीका सदस्यहरू पनि भ्रममा रहेको बताएका थिए । उनले आफ्नो नेतृत्व अझै आवश्यक भएको स्थापित गर्ने प्रचण्डले प्रयत्न गरेका थिए । 

Dabur Nepal
NIC Asia

उक्त प्रयासमा पनि शर्माको प्रतिवेदन सार्वजनिक भएपछि कार्यकर्ताले प्रचण्डको कार्यशैलीमा प्रश्न उठाउन थालेपछि त्यसको व्यवस्थापनका गर्दै आफूलाई सुरक्षित गर्न प्रचण्डले प्रयास अघि बढाएका छन् । त्यसकै प्रयासस्वरुप प्रचण्डले म्याराथन बैठकको कार्यतालिका सार्वजनिक गरेका छन् । 

उनले आज र भोलि वाग्मती प्रदेश पदाधिकारीको बैठक राखेका छन् । भदौ ७ र ८ गते उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक डोकेका छन् ।

९ र १० गते गण्डकी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको वैठक डाकेका प्रचण्डले १२ र १३ गते सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको वैठक डाकेका छन् । 

१४ र १५ गते कर्णाली प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको वैठक राखेका प्रचण्डले १६ र १७ गते लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको बैठक राखेका छन् । 

१८ र १९ गते तीनवटै केन्द्रीय आयोगका सदस्यहरूको वैठक राखेका उनले २२ र २३ गते मधेस प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको बैठक डाकेका छन् । कोसी प्रदेशका पदाधिकारी र त्यहाँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको बैठक २४ र २५ गतेका लागि राखेका छन् । 

२७ र २८ गते जनवर्गीय मोर्चामा कार्यरत पार्टी केन्द्रीय सदस्य र केन्द्रीय विभागमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठक बैठक राखेका छन् । प्रवास प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भादौ ३१ र आसोज १ गतेका लागि राखेका प्रचण्डले असोज २ र ३ गते जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको वैठक राखेका छन् ।

यी सबै प्रदेशका परामर्श बैठकका आधारमा प्रचण्डले अन्त्यमा केन्द्रीय समितिको पूर्ण बैठक बोलाउने छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu