site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिवाकरका चलचित्रमा प्रशान्त छुट्दैनन् ?

काठमाडौं । निर्देशक दिवाकर भट्टराईका चलचित्रमा कलाकार प्रशान्त ताम्राकार छुट्दैनन् । यसलाई प्रशान्तको पछिल्लो फिल्ममा भएको अनुबन्धले पनि पुष्टि गर्छ । प्रशान्तलाई ‘नरसिंहाः अवतार’मा पनि दिवाकरले अनुबन्ध गरेका छन् । 

‘ऐश्वर्य’मा भिलेनका रुपमा प्रशान्तलाई डेब्यु गराएका दिवाकरले त्यसयताको ‘मायावी’मा पनि लिएका थिए । ‘मायावी’ रिलिजको चरणमा छ । उक्त सिनेमा रिलिज नहुँदै अर्को चलचित्र ‘नरसिंहाः अवतार’मा पनि दिवाकरले प्रशान्तलाई लिएका हुन् । 

एक्सन तथा सोसल ड्रामामा बन्ने फिल्म ‘नरसिंहाः अवतार’ मा अहिलेसम्म पाँचजना मुख्य पात्रहरू फाइनल भइसकेका छन् । राजेश हमाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई  र दीपा शाही अनुबन्धित भइसकेका छन् । 

यही फिल्मबाट आठ वर्षपछि राजेश हमालले कमब्याक गर्दैछन् । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्र यही भदौको अन्तिम साताबाट छायांकनमा जाने तयारीमा छ । चलचित्रको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro