site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कम्युनिस्टहरूमा बुद्धि पछि आउँदो रहेछ : माधव नेपाल 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शीर्ष नेताहरूलाई आफूले गरेको गल्ती स्वीकार गर्न आग्रह गरेका छन् । समाजवादी चिन्तक स्व. प्रदीप गिरिको स्मृतिमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनताको मत सदुपयोग गर्न सक्यौँ कि सकेनौँ भन्नेमा समीक्षा गर्न आग्रह गरे । 

“नेताहरूलाई भन्न चाहन्छु, आफूबाट केके कमजोरी भएका छन् । स्वीकार गर्नुस् । बहुमत दिएका छन्, सदुपयोग गर्न सक्यौँ कि सकेनौँ,” उनले भने । 

Dabur Nepal
NIC Asia

उनले संविधान संशोधनका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सम्झौता गरेर मात्रै नहुने बताए । “संविधानले के दिएको छ, के दिएको छैन, अवश्य छलफलको विषय बन्छ । तर, मध्यरातमा गएर । दुई नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन,” उनले भने । 

नेपालले संविधान संशोधनको विषयमा खुल्ला बहस नगरेर मध्यरातमा हस्ताक्षर गर्दा शंका भएको बताए । विश्वमा कुनै पनि प्रणाली कमीकमजोरी मुक्त नरहेको उनको भनाइ छ । उनले कांग्रेसमा असहमति भए पनि मिलेको भन्दै कम्युनिस्टको बुद्धि पछि आउने बताए । “कम्युनिस्टहरूमा बुद्धि पछि आउँदोरहेछ । विनम्र हुनु भनेर सिकाए गाली आउँछ,” उनले भने । 

नेपालले नेता र पार्टीप्रति बढ्दो वितृष्णा चिर्नुपर्ने आवश्यकता औंल्याए । “नेताहरूप्रति वितृष्णा फैलिएको छ । पार्टीप्रति वितृष्णा फैलिएको छ । त्यो चिर्न जरुरी छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro