site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा खोलाले बगाएर एक जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

चितवन । चितवनको माडीमा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–९ का ५० वर्षीय काजिमान प्रजालाई खोलाले बगाएको थियो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उनलाई आज दिउँसो स्याउलीबाट कुसुमखोला बस्ती जाने क्रममा खोलाले बगाएको थियो । उनका अनुसार प्रजाको शव घटनास्थलबाट ५०० मिटर तल भेटिएको थियो ।

यस्तै, माडीमा नै खोलाले मोटरसाइकल बगाएको छ । आज दिउँसो माडीबाट ठोरी पर्सा जाने क्रममा वाग्मती प्रदेश ०३–०२ प ९५८६ नम्बरको मोटरसाइकललाई खोलाले बगाएको हो । बाँदरझुलास्थित अम्बुवाखोलामा आएको बाढीले मोटरसाइकल बगाएको हो ।

मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२८ का ३७ वर्षीय पवन चापागाईं खोलाले बगाएको बुट्यानमा अड्किएर बाँच्न सफल भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । उनको सकुशल उद्धार गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro