site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको जितमा निराजन निर्णायक
Tiktok banner adTiktok banner ad

काठमाडौं । घरेलु मैदानमा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ ।

नेपालले आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालय भएको प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाविरुद्ध १–० को जित निकालेको हो । नेपालको जितमा निराजन धामीले निर्णायक गोल गरे ।

निराजनले २३औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । निराजनले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहारले पहिलो बारको जाली चुमेको थियो ।

यही गोल निर्णायक बन्दा नेपालले पहिलो खेलमै तीन अंक जोडेको हो । नेपालले अब अगस्ट २२ मा बंगलादेशविरुद्ध खेल्ने छ । प्रतियोगितामा कुल ६ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा तीन टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro