site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब दुई महिलाले पैसा लिएर १४ वर्षीया बालिकाको चिनियाँ नागरिकसँग विवाह गरिदिए
Tiktok banner adTiktok banner ad

पोखरा । आर्थिक अवस्था कमजोर भएकी बालिकालाई प्रलोभन देखाएर चिनियाँ नागरिकसँग विवाह गरिदिएको आरोपमा कास्की प्रहरीले दुई महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुई महिलाले बालिका मिलाइदिएबापत चिनियाँ नागरिकसँग रकम लिएको खुलेको छ । लमजुङ घर भई पोखरा–१६ बस्ने २२ वर्षीय सरु बिक र पोखरा–२२ आर्वाकी ३४ वर्षीय भगवती अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूसँगै चीनको हुनान प्रान्तका ३१ वर्षीय झी मिङ चेन पनि पक्राउ परेका छन् । उनी पोखरा–६ स्थित एक गेस्ट हाउसमा बस्दै आएका थिए ।

पक्राउ परेका दुई महिलाले एक १४ वर्षीय बालिकालाई फकाएर ती चिनियाँ नागरिकसँग विवाह गरिदिएका थिए ।

“तिमी दुःख पाउने केटी रहेछौ, हामीहरूले चिनियाँ नागरिकलाई चिनेका छौँ, तिमी ऊसँग विवाह गर्‍यौ भने तिम्रो भविष्य बन्छ,” उनीहरूले प्रलोभन दिएका थिए ।

उनीहरूले आफैँले प्रहरीसँगको बयानमा बालिकालाई फकाएको बताएका छन् ।

प्रहरीका अनुसार प्रलोभनमा परेकी बालिकालाई उनीहरूले साउन १३ गते चिनियाा नागरिकसँग विवाह गराइदिएका थिए । विवाहपछि ती चिनियाँ नागरिकले बालिकालाई अर्को होटलमा नै बन्धक बनाएर राखेका थिए । बालिका त्यहाँबाट भागेपछि मात्र घटना सार्वजनिक भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले पीडित बालिकाका अभिभावकसँगको समन्वयमा उद्धार गरिएको बताए ।

बालिकाको उद्धारपछि उनका अभिभावकले मानव बेचबिखन तथा ओसारपसार कसुरमा जाहेरी दिएका थिए । उनीहरूको जाहेरीपछि प्रहरीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि जिल्ला अदालत कास्कीबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याथ थपेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  २२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro