site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै दायर गरिएका रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

ओलीलाई संविधानको गलत धारा प्रयोग गरेर प्रधानमन्त्री नियुक्त गरिएको दाबीसहित तीनवटा रिट परेका थिए । सर्वोच्चले तीनैवटा रिट खारेज गरिदिएको हो ।

ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेका थिए । निवेदकहरूले उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत पाउन नसकेपछि स्वतः उपधारा ३ आकर्षित हुने भएकाले ओलीको नियुक्ति असंवैधानिक रहेको दाबी गरेका थिए ।

उपधारा ३ मा प्रतिनिधिसभाकाे ठूलाे दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro