काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले बायर्न म्युनिखका रक्षकद्वय म्याथ्यु डी लिग्ड र नौसारी माज्रोईलाई भित्र्याएको छ ।
युनाइटेडले डि लिग्डलाई पाँच वर्ष र माज्रोईलाई चार वर्षको सम्झौतासहित अनुबन्ध गरेको हो । यसअघि क्बलमा रहेका लुक स घाइते रहेकाले युनाइटेडले माज्रोईलाई तत्कालै टिममा समावेश गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
माज्रोई र डी लिग्डले यसअघि नै युनाइटेडको प्रशिक्षक एरिक टेन ह्यागसँग आयाक्समा सहकार्य गरेको अनुभव छ ।
“एरिक टेन ह्यागले मेरो सुरुआती करिअरलाई आकार दिए । यसैकारण उनलाई मबाट कसरी उत्कृष्ट कार्य लिन सकिन्छ भन्ने थाहा छ । म उनीसँग पुनः कार्य गर्नका निम्ति उत्साहित छुँ,” सम्झौतापछि डी लिग्डले भने ।
“म मेरो करिहरको उच्च वर्षमा प्रवेश गर्दै गर्दा उनीसँग पुनः जोडिन पाउनु उत्साहित कुरा हो,” सम्झौतापछि माज्रोईले भने ।