site stats
बाह्रखरी :: Baahrakhari
देश
सबै प्रदेशमा मानव अंग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने स्वास्थ्यमन्त्रीको घोषणा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेलाई मंगलबार सम्मान गर्दै उनले आफूले हालै सार्वजनिक गरेको कार्ययोजनामा पनि अंगदान केन्द्र स्थापनाको विषय समेटिएको बताए ।

“मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रूपमा उपकेन्द्र सञ्चालन हुनेछन्,” उनले भने, “तत्काल कोसी प्रदेशबाट यो काम थालिनेछ ।”

Argakhachi Cement Island Ad

भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने तयारी गरेको उनले जानकारी गराए । विस्तारै सबै प्रदेशमा काम थाल्ने गरी तयारी अघि बढाइएको उनले बताए ।

सीमित जनशक्ति, पूर्वाधार र स्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको उनले उल्लेख गरे । उपलब्ध जनशक्ति र स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा मन्त्री पौडेलले जोड दिएका उनको निजी सचिवालयले जनाएको छ ।

भक्तपुरस्थित केन्द्र साँघुरो भएकाले समस्या परेको गुनासो आएको भन्दै उनले सूर्यविनायकमा स्थानान्तरणका निम्ति मन्त्रिपरिषद्‌मा प्रस्ताव प्रस्तुत गर्ने बताए । रासस

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्