site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते
प्रतीकात्मक तस्बिर ।

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५, पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बाप्र०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशातर्फ जाँदै गरेको ना६ख ५९२७ नम्बरको ट्रक एकापसमा सोमबार बिहान ठोक्किँदा बसमा सवार १० जना घाइते भएका हुन् ।

घाइतेमध्ये सातजनाको अवस्था मध्यम छ । तीनजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

घाइतेमध्ये भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा चार र एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा ६ जनाको उपचार भइरहेको छ ।

प्रहरीले दुवै सवारीसाधनसहित बसका चालक सप्तरीको तिरुत गाउँपालिका–२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछापको साङटार गाउँपालिका–२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ११:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro