site stats
बाह्रखरी :: Baahrakhari
देश
अनलाइन सट्टेबाजीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अनलाइन जुवा (सट्टेबाजी) खेल्ने र खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पाँचजना भारतीय नागरिक र १२ जना नेपाली नागरिकलाई सोमबार पक्राउ गरेको हो । 

विभिन्न देशका नागरिकलाई ह्वाट्सएप र टेलिग्राममार्फत सम्पर्कमा ल्याई विभिन्न अनलाइन बेटिङ साइटहरूको प्रयोग गरी व्यावसायिक रूपमा अनलाइन जुवा खेल्ने–खेलाउने काम भएको प्रहरीले जनाएको छ । 

Argakhachi Cement Island Ad

विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुरको जैनखेल भ्युटावरस्थित एक घर र नख्खुको सनराइज अपार्टमेन्ट बाट उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूको साथबाट १४ थान ल्यापटप, ६० थान मोबाइल, विभिन्न बैंकका चेकबुक र नौ थान बचत पासबुक, विभिन्न व्यक्तिका नामको १५ थान भिसा कार्ड, चार थान नेपाली राहदानी र चार थान भारतीय राहदानी समेत बरामद गरेको छ । 

उनीहरूले ८१ करोड ४७ लाख ५७ हजार ४ सय ४६ रुपैयाँ ४० पैसाबराबरको अनलाइन जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनीहरूलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १६:४१
प्रतिक्रिया दिनुहोस्