site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाइफगार्ड अस्पतालमा लागेको आगो निभाइयो, डेढ करोडको क्षति

मोरङ । विराटनगर महानगरपालिका–५ बरगाछीस्थित लाइफगार्ड अस्पतालमा आज दिउँसो लागेको आगो निभाइएको छ ।

विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब एक घण्टामा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

आईसीयू कक्षबाट आइतबार दिउँसो ३ बजेतिर आगलागी सुरु भएको अस्पतालले जनाएको छ । आगलागीको कारण खुलेको छैन । अस्पतालका अनुसार आगलागीबाट एक करोड ५० लाख बराबरको क्षति भएको छ । 

अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. कैलाश श्रेष्ठले आईसीयूको एसीबाट आगलागी सुरु भएको बताए । आगलागीबाट एसी, भेन्टिलेटर, मनिटर, पोर्टेबल एक्स–रे मेसिन, शय्यालगायत आईसीयू कक्षभित्र रहेका सबै सामान जलेको उनको भनाइ छ । हाल अस्पतालका सम्पूर्ण सेवा तत्काललाई बन्द गरिएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  २०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro