site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुनाल स्याटेलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपालको मुनाल स्याटेलाइट प्रक्षेपणमा भारतले सहयोग गर्ने भएको छ । स्वदेशी उपग्रह नेपाली अन्तरिक्ष स्टार्टअपद्वारा विकास गरिएको हो ।

मुनाल स्याटेलाइट प्रक्षेपण गर्न अनुदान सहयोगका निम्ति भारतीय विदेश मन्त्रालय र न्युस्पेस इन्डिया लिमिटेडका अधिकारीबीच शनिबार समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । त्यस कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का सचिव डा. रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा. सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन)का संस्थापक डा. आभास मास्केको समेत उपस्थिति रहेको भारतीय विदेश मन्त्रालयले जानकारी गराएको छ ।

नेपाली अन्तरिक्ष स्टार्टअप एपीएनले उक्त स्याटेलाइटको डिजाइन र निर्माणमा यहाँका विद्यार्थीलाई सहयोग गरेको छ ।

Capture-1723297354.JPG
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro