site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेसका मुख्यमन्त्रीलाई पार्टीको स्पष्टीकरण, जम्बो मन्त्रिपरिषद्सँगै थुप्रै आरोप
फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । जम्बो मन्त्रिपरिषद् बनाएको विषयमा उनलाई स्पष्टीकरण सोधिएको प्रवक्ता शरदसिंह यादवले जानकारी दिए । 

सिंहलाई मन्त्रालय बाँडफाँट गर्दा पार्टीसँग समन्वय नगरेको र अहिले राज्यमन्त्री थपेको पनि जानकारी नगराएको स्पष्टीकरणमा उल्लेख छ । परिणाम देखिनेगरी जनताको हकहितका लागि मन्त्रालयको काममा ध्यान दिनभन्दा अनावश्यक उद्घाटन समारोहहरूमा समय खर्चिँदै आएको आरोप उनीमाथि लगाइएको छ ।

पार्टीले दिएका निर्देशन नमानेको उनले बताए । बजेट बनाउने क्रममा सांसदलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिई पार्टीको छविमा बारम्बार आँच पुर्याउने विषय स्पष्टीकरणपत्रमा उल्लेख गरिएको छ । मधेस सरकार २० सदस्यीय बनाइएपछि आलोचना भइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro