बाह्रखरी फोटो
काठमाडौं । ३० औं विश्व आदिवासी दिवस नेपालमा पनि मनाइएको छ । दिवसका अवसरमा आज आदिवासी जनजाति आयोगलगायतले काठमाडौंमा विभिन्न कार्यक्रम गरेर मनाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आदिवासी जनजातिको अधिकारलाई थप स्थापित गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
दिवसका अवसरमा आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले संविधानको मर्मअनुसार समावेशीतालाई सुदृढ बनाउँदै जाने बताएका थिए ।
दिवसको अवसर पारेर आदिवासी महासंघले काठमाडौंमा र्याली निकालेको छ । आ–आफ्नो भेषभुसा र बाजागाजासहित निकालेको र्याली काठमाडौं भृकुटीमण्डपबाट भद्रकाली–सुन्धारा हुँदै रत्नपार्कसम्म पुगेको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१ १३:१७
प्रतिक्रिया दिनुहोस्