site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतसँगको विद्युत् व्यापार सम्झौताविरुद्धको रिट फेरि हेर्दाहेर्दमा 

काठमाडौं । भारतसँगको विद्युत् व्यापार सम्झौताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले दायर गरेको रिट हेर्दाहेर्दैमा परेको छ ।

दश हजार मेगावाट विद्युत् भारतलाई बेच्ने गरी भएको विद्युत् व्यापार सम्झौतामा संवैधानिक प्रश्न उठाउँदै पूर्वप्रमुख आयुक्त उपाध्यायले ०८० साल फागुन २२ मा सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

रिट बिहीबार सर्वोच्चका न्यायाधीशत्रय प्रकाशमान सिंह राउत, सपनाप्रधान मल्ल र महेश शर्मा पौडेलेको इजलासमा सुनुवाइ भएको थियो । इजलासले ०८० फागुन २९ देखि नै रिटलाई हेर्दाहेर्दैमा राखेको थियो । सामान्यतया कुनै पनि मुद्दा हेर्दाहेर्दैमा राखेपछि त्यही इजलासले टुंग्याउने न्यायिक अभ्यास छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro