site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इरानको इसारामा ट्रम्पको हत्या गर्न चाहन्थे पाकिस्तानी !

वाशिङटन । इरानसँग सम्बन्ध रहेका एक पाकिस्तानी नागरिकलाई अमेरिकी राजनीतिज्ञ र अधिकारीहरूको हत्याको षडयन्त्र गरेको अभियोग लगाइएको छ । 

असिफ मर्चेन्ट नामका ४६ वर्षिय ती व्यक्तिले अमेरिकाका प्रतिष्ठित व्यक्तिको हत्याका लागि हिटम्यान भाडामा लिने प्रयास गरेको जनाइएको छ ।

उनको टार्गेटमा रिपब्लिकन पार्टीबाट अहिलेका राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्प पनि भएको अमेरिकामा बीबीसीको साझेदार सीबीएसले स्रोतलाई उदृत गर्दै जनाएको छ । ट्रम्पको हत्याका लागि इरानले षडयन्त्र गरिरहेको चाल पाएर गएको जुनमा अधिकारीहरूले उनको सुरक्षा बढाएका थिए ।

अमेरिकी  अधिकारी र नागरिकलाई मार्नका लागि विदेशी निर्देशित षडयन्त्र अमेरिकाको राष्ट्रिय सुरक्षालाई चुनौति भएको जनाउँदै त्यसलाई निस्तेज गर्न सबै साधन प्रयोग गरिने एफबीआईका निर्देशक क्रिस्टोफर वारेले जनाएका छन् ।

पाकिस्तानी नागरिक मर्चेन्ट गएको जुलाईमा पक्राउ परेको र उनी अहिले न्युयोर्कमा हिरासतमा रहेको जनाइएको छ । कानुन मन्त्रालयको अभियोजनपत्रका अनुसार मर्चेन्ट इरानमा समय बिताएर गएको अप्रिलमा पाकिस्तानबाट अमेरिका गएका थिए ।

अमेरिका पुग्नासाथै उनले एक व्यक्तिसँग सम्पर्क गरेका थिए, जसले हत्याको षडयन्त्रमा मद्धत गर्न सक्थे । ती नाम उल्लेख नगरिएका कन्ट्याक्ट व्यक्तिले मर्चेन्टको बारेमा प्रहरीलाई जानकारी गराएका थिए । उनले आफ्नो टार्गेटलाई मार्नुअघि अमेरिका छोड्न चाहेका थिए । गएको जुनमा उनी एफबीआईकै अन्डरकभर एजेन्टसँग हिटम्यानको रूपमा कुरा गरेका थिए ।
 
उनले टार्गेट गरिएका व्यक्तिको बारेमा अगस्टको अन्तिम वा सेप्टेम्बरको पहिलो सातामा जानकारी गराउने बताएका थिए ।

अभियोजनपत्रमा टार्गेट व्यक्तिमा ट्रम्पको नाम नै नलेखिए पनि स्रोतले सीबीएसलाई पूर्व राष्ट्रपति पनि रहेको जनाएको छ ।

उक्त षडयन्त्रको गएको जुलाईमा पेन्सिलभानियामा ट्रम्पको हत्या प्रयाससँग कुनै कनेक्सन नभएको जनाइएको छ । 

ट्रम्पका अतिरिक्त उनको पालाका विदेशमन्त्री माइक पोम्पेओ पनि इरानको थ्रेटमा रहेको बताइएको छ । ट्रम्पको कार्यकालमा नै इराकस्थित इरानको क्वाड फोर्सका कमाण्डर क्वासिम सोलेमनीको ड्रोन आक्रमणबाट हत्या गरिएको थियो । बीबीसी
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १०:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro