site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हसिनाका छोरा भन्छन्– आमाले बंगलादेशलाई एसियाको 'उदाउँदो बाघ' बनाउनुभयो

काठमाडौंबंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएकी शेख हसिनाका छोरा सजीव वाजेद जोयले आफ्नी आमाका लागि कुनै राजनीतिक पुनरागमनको सम्भावना नरहेको बताएका छन् ।

बीबीसीसँगको कुराकानीका क्रममा उनले आफ्नो आमाले हिजो (आइतबार)देखि नै राजीनामाको तयारी गरेको पनि बताएका छन् ।

Argakhachi Cement Island Ad

उनी हसिनाले राजीनामा दिनुअघिसम्म प्रधानमन्त्रीका सल्लाहकार थिए । हसिना परिवारकै आग्रहमा  आफ्नो सुरक्षाका लागि देश छोडेको उनको भनाइ छ ।

उनले आफ्नो आमाले बंगलादेशका लागि धेरै काम गरेको पनि दाबी गरे । "उहाँ पहिलोपटक सत्तामा आएका बेला बंगलादेशलाई असफल राज्य मानिन्थ्यो, गरिब देश थियो । अहिले बंगलादेशलाई एसियाको उदाउँदो बाघका रूपमा चिनिन्छ," उनले भने ।

उनले हसिना सरकार प्रदर्शनकारीहरूमाथि कडारूपमा प्रस्तुत भएको आरोपको पनि खण्डन गरे ।

दुई महिना लामो प्रदर्शनका क्रममा सयौँले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्