site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एक/दुई दिन बस चढेर पुग्दैन : ठाकुर गैरे 
फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)का सांसद ठाकुर गैरेले सरकारले सार्वजनिक यातायातलाई सुरक्षित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले नेताहरूले एक/दुई दिन सार्वजनिक बस चढेर नपुग्ने टिप्पणी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र केन्द्रीय सदस्यहरूले पाँच दिन सार्वजनिक यातायात चढ्ने अभियान चलाएका छन् । “एक/दुई दिन बस चढेर पुग्दैन । बाह्रै महिना, २४ सै घण्टा जनताले सार्वजनिक यातायातका साधनहरूमा यात्रा गर्नुपरेको छ । त्यो यात्रालाई सुरक्षित, प्रभावकारी बनाउनुपर्नेछ । त्यो दायित्व सरकारको तर्फबाट पूरा हुन जरुरी छ,” उनले भने ।

किसानले मलबीउ नपाएको र उत्पादित वस्तुले मूल्य नपाउने अवस्थाको अन्त्य गरिनुपर्नेमा पनि उनले जोड दिए । खाद्यवस्तुमा परनिर्भरताको अन्त्य र वैदेशिक रोजगारीमा गएकाको जनधनको सुरक्षा गर्न समेत उनले माग गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu