site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजारमा ‘बुलिस ट्रेन्ड’ देखिनु स्वाभाविक हैन, लगानीकर्ता फस्ने सम्भावना बढ्यो : डा. महत 

काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सेयर बजारमा केही संस्थाको मूल्य आस्वभाविक रूपमा बढेको भन्न्दै सरकार र नियामक निकायको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले केही व्यक्तिको चलखेलको मारमा सेयर बजार र कारोबार परेको जिकिर गरे ।

यसले आमलगानीकर्ताको ठूलो रकम सेयर बजारमा फस्ने सम्भावना बढी भएको उनले उल्लेख गरे । उनले सेयर मार्केटमा गति देखिए पनि ‘बुलिस ट्रेन्ड’ हुनुलाई सहज र स्वाभाविक रूपमा लिन नसकिने बताए । यसमा चलखेलकर्ताको हात रहेको भन्दै उनले बजार ‘म्यानुपेलसन’ हुने सम्भावना बढी भएको टिप्पणी गरे ।

“केही चलखेलकर्ताहरूले म्यानुपुलेसन गर्ने प्रशस्त सम्भावनाहरू देखिएको छ । कतिपय संस्थाको जसरी सेयरमा भाउ बढेको छ, त्यो स्वाभाविक रूपमा बढेको छैन,” उनले भने, “त्यसको स्ट्रेन्थको आधारमा त्यसले कति नाफा देखिएको छ, त्यो बढ्ने आधार के हो ? त्योबिना नै सेयर मार्केट ट्रिपलसम्म भएको छ ।”

पूर्वअर्थमन्त्री महतले केही व्यक्तिको ‘इन्साइडर ट्रेडिङ’का कारण आमलगानीकर्ता फस्ने सम्भावना बढ्दै गएको बताए । “केही व्यक्तिहरूले चलखेल गर्ने इन्साइडर ट्रेडिङ भन्छन्, त्यो किसिमको सूचनामा प्रवेश प्राप्त गरेर दुरुपयोग गर्ने र आमलगानीकर्ताले यसमा लगानी गर्दा फाइदा हुन्छ भनेर ठूलो लगानी गर्ने अनि आमलगानीकर्ता फस्ने अवस्था निर्माण हुन सक्दछ,” उनले भने, “केही संस्थाहरूको जसको अस्वाभाविक भाउ बढेको छ, त्यसप्रति गम्भीर रूपमा सरकारको ध्यान जाओस् ।”

बैंक र पोलिसी रेट नेपाल राष्ट्र बैंकले घटाएकामा ब्याजदरमा प्रभाव पार्ने सम्भावना नरहेको उनले बताए । उनले प्राथमिकताका आधारमा मात्र विदेशी ऋण लिन सरकारलाई सुझाव दिए ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro