site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
विद्यार्थी आन्दोलनलाई भारतले ‘आन्तरिक मामिला’ भनेकामा बंगाली अर्थशास्त्री दुःखी

ढाका । नोबेल पुरस्कार विजेता बंगलादेशी नागरिक एवं अर्थशास्त्री मोहम्मद युनुसले आफ्नो देशमा जारी प्रदर्शनलाई भारतले ‘आन्तरिक मामिला’ भनेकामा दुःख व्यक्त गरेका छन् । उनले यो अशान्ति छिमेकी देशमा समेत फैलन सक्ने चेतावनी दिएका छन् ।

उनले इन्डियन एक्सप्रेस पत्रिकासँगको कुराकानीमा भनेका छन्, “भारतले यो बंगलादेशको आन्तरिक मामिला हो भनेर किन यस्तो भन्यो ? यसले मलाई दुःख लागेको छ ।”

उनको भनेका छन्, “यदि, तपाईंको भाइको घरमा आगो लागेको छ भने तपाईं यसलाई कसरी भन्नसक्नु हुन्छ कि तपाईंको आन्तरिक मामिला हो ?”

उनले अगाडि भनेका छन्, “कूटनीतिमा आफ्नो भनाइ राख्नका निम्ति अरू पनि अधिक समृद्ध शब्द छन् । केवल यो आन्तरिक मामिला हो भन्नु मात्रै पर्याप्त हुँदैन ।”

केही साताअघि बंगलादेशमा आरक्षणविरोधी आन्दोलन भएका बेला भारतले टिप्पणी गर्न अस्वीकार गरेको थियो । त्यति बेला भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मिडियासँग भनेका थिए, “हामी यसलाई बंगलादेशको आन्तरिका मामिला मान्छौँ ।”

आइतबार (हिजो)देखि त्यहाँ फेरि अर्को चरणको आन्दोलन भइरहेको छ । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro