site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लक्ष्य पूरा भइसकेको छैन : कप्तान शाही

काठमाडौं । नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले भारतविरुद्धको ऐतिहासिक जितमा नै आफूहरू सीमित नरहने बताएकी छन् ।

भारतविरुद्ध पहिलोपटक जित निकाल्नु खुसीको क्षण रहे पनि लक्ष्य अझै बाँकी रहेको उनले उल्लेख गरिन् । उनले लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने लक्ष्य सुनाइन् । नेपालले शनिबार भारतमाथि ३–२ को जित निकाल्दै छिमेक प्रतिद्वन्द्वीविरुद्ध पहिलोपटक सफलता पाएको हो ।

कप्तान अरुणाले समूह चरणका खेल अझै बाँकी र अबको लक्ष्य इरानजस्तो बलियो टिमलाई हराउनु पनि भएको उल्लेख गरिन् । उनले जितबाट धेरै उत्साहित नभई सेमिफाइनल र फाइनलतर्फको खेलमा ध्यान दिने बताइन् ।

यद्यपि, जितबाट तत्काल धेरै खुसी भएको उनले प्रतिक्रिया दिइन् । राम्रो सुरुआतका बाबजुद लय बिग्रिए पनि ‘रिकर्भर’ गर्न सफल भएको अरुणाको भनाइ थियो ।

टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले सन् २०१६ पछि नेपाली महिला भलिबलको स्तर क्रमशः वृद्धि भइरहेको बताए । भारतविरुद्ध पछिल्लोपटक कडा प्रतिस्पर्धा हुँदै आए पनि यसअघि जित्न नसकेको उनले उल्लेख गरे । शनिबार जित निकाल्दै इतिहास रचेको उनले बताए ।

बलियो टिम इरानविरुद्ध खेल्न बाँकी नै रहेको उनले पनि सुनाए । उपाधिका निम्ति धेरै मिहिनेत गर्न बाँकी रहेको उनले बताए । उनले पनि यो जितबाट धेरैथोक पाइसकेको महसुस आफ्नो टिमले नगर्ने स्पष्ट पारे । 

भारतीय टिमका प्रशिक्षक जाई नारिनले सुरुआतमा सेट गुमाए पनि आफूहरूले ‘फाइट ब्याक’ गरेको बताए । निर्णायक सेटमा केही गल्ती हुँदा खेल गुमाउनुपरेको उनले उल्लेख गरे । फाइनलमा पुनः चुनौती दिइने उनको विश्वास छ ।

भारतीय टिमकी कप्तान अनुश्रीले नेपाललाई फाइनलमा हराउने अर्को अवसर पनि रहेको बताइन् । नेपाली दर्शकबीच खेल्दा धेरै दबाब पनि नरहेको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro