
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको तारिख आगामी साउन १३ गतेलाई तोकिएको छ । अब हाजिर हुने सबै प्रतिवादीलाई तारिख हुने जनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
बुधबार विशेष अदालतले नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।
काभ्रेपलाञ्चोकमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते मुद्दा दायर गरेको हो । अख्तियारले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।