site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतविरुद्ध नेपाली महिला भलिबल टिमको ऐतिहासिक जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टिमले पहिलोपटक भारतविरुद्ध जित निकालेको छ । नेपाली टिमले काभा महिला नेसन्स लिगमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरको कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले भारतलाई ३–२ को सेटमा हरायो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५ र १५–१३ को स्कोरमा भारतलाई हराएको हो ।

कभर्डहलमा भरिभराउ दर्शकबीच खेलको पहिलो सेटमा नेपालले कुनै पनि बेला भारतलाई अग्रता बनाउन दिएन । उक्त सेटमा नेपालले ६–११ को स्कोरसहित पाँच अंकको अग्रता बनाउँदा दबाबमा आएको भारतले पहिलो टाइमआउट लिएको थियो । 

Dabur Nepal
NIC Asia

तर, त्यसपछि भारतले लगातार अंक जोड्दै स्कोर ११–१३ मा ल्याउँदा नेपालका प्रशिक्षक जगदीश भट्टले पहिलो टाइमआउट लिए । पहिलो सेटमा नेपालले सर्भिसबाट दुई अंक मात्र गुमाएको थियो ।

नेपालले २३–१८ को अग्रता बनाउँदा पुनः भारतले दोस्रोपटक टाइमआउट लियो । त्यसपछि पनि नेपालले लगातार दुई अंक जोड्दै सेट आफ्नो पक्षमा पारेको हो । महिला भलिबलको इतिहासमा नेपालले भारतविरुद्ध पहिलो सेट जितेको यो पहिलोपटक हो ।

दोस्रो सेटमा भने नेपालले पहिलोको लय कायम राख्न सकेन । दोस्रो सेटमा भारतले सुरुआतमै २–० को अग्रता बनाएको थियो । दोस्रो सेटमा भारतविरुद्ध ६–८ ले पछि पर्दा नेपालका प्रशिक्षक भट्टले पहिलोपटक टाइमआउट लिएका थिए ।

भारतले दोस्रो सेटमा १४–९ को स्थितिसहित पाँच अंकको अग्रता बनाएको थियो । यही स्थितिमा नेपालका प्रशिक्षक भट्टले दोस्रोपटक टाइमआउट लिए । त्यसपछि नेपालले तीन र भारतले ११ अंक जोड्दै सेट जितेको हो ।

दोस्रो सेटमा पनि नेपालले सर्भिसमा दुई अंक गुमाएको थियो । तेस्रो सेटमा पुनः नेपाल लयमा फर्कियो ।

तेस्रो सेटमा नेपालले १०–७ को अग्रता बनाउँदा भारतले पहिलो टाउमआउट लिएको थियो । पुनः नेपालले १७–९ को अग्रता बनाउँदा भारतले दोस्रोपटक टाइमआउट लियो । तेस्रो सेटमा नेपालले सर्भिसबाट तीन अंक गुमाएको थियो ।

चौथो सेटमा भारतले पुनः पुनरागमन गर्‍यो । भारतले चौथो सेट २५–१८ ले जित्यो । त्योसँगै खेल पाँचौँ सेटसम्म लम्बिएको हो । चौथो सेटमा नेपालले सर्भिसबाट एक अंक गुमाएको थियो ।

पाँचौँ तथा निर्णायक सेट नेपालले १५–१३ ले जित्यो । सुरुमै नेपालले २–० को अग्रता बनाएको थियो । त्यसपछि स्कोर नेपालतर्फ ५–२ हुँदा भारतका प्रशिक्षकले पहिलोपटक टाइमआउट लिएका थिए । भारतले स्थिति ७–८ मा ल्याएपछि नेपालका प्रशिक्षकले पहिलोपटक टाउमआउट लिएका थिए । पाँचौँ सेटमा सर्भिसबाट नेपालले एक अंक मात्र गुमायो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro