site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रिपरिषद्‌मा अख्तियार छिरेकोबारे माधव नेपालको प्रतिक्रिया– अहिले म बोल्न मिल्दैन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले अहिले केही बोल्न नमिल्ने बताएका छन् ।

पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतले बुधबार ३५ लाख धरौटी माग गर्ने आदेश गरेको थियो । सो आदेशपछि मन्त्रिपरिषद्‌मा अख्तियार छिरेकोबारे पत्रकारले प्रश्न गरेका थिए । सो प्रश्नमा नेपालले भने, "अहिले म बोल्न मिल्दैन ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काभ्रेपलाञ्चोकमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते मुद्दा दायर गरेको हो । अख्तियारले पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । 

 

 

 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २२:५३
प्रतिक्रिया दिनुहोस्