बाह्रखरी फोटो
काठमाडौं । भक्तपुरमा छुवालीले बनाएको घण्टाकर्णलाई जलाएर गठेमंगल मनाएको छ। नेवार समुदायमा गठेमंगल पर्वलाई भूत भगाउने पर्वको रूपमा मनाउने गरिन्छ । यसदिन बिहान पूजा गरी घरमा मूलढोकामा फलामको किला लगाउने गरिन्छ ।
त्यस्तैगरी यो दिन फलामको औठी पनि लगाउने गरिन्छ । नेवार समुदायमा मनाउने यो पर्व विभिन्न ठाउँमा आफ्नै तरिकाले मनाइने गरिन्छ । घण्टाकर्णलाई जलाएको आगोमा बालबालिकाहरूले घुमाउँदा रुन्चे नहुने पनि विश्वास छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ २१:२१
प्रतिक्रिया दिनुहोस्