site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हमास नेता हानियाको हत्याकाण्ड : दुई महिनाअघि नै ‘फिट’ गरिएको थियो बम !

तेहरान । इरानमा गएको बुधबार बिहान मारिएका हमासका नेता इस्माइल हानियाको हत्याका निम्ति महिनौँअघि विस्फोटक डिभाइस उक्त भवनमा ‘प्लान्ट’ गरिएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

उक्त बम हानिया बस्ने तय भएको गेस्टहाउसमा दुई महिनाअघि नै लुकाएर राखिएको थियो । उनी कोठाभित्र पसेपछि त्यसलाई रिमोटबाट विस्फोट गराइएको समेत स्रोतलाई उद्धृत गर्दै जनाइएको छ । त्यससम्बन्धी विस्तृत विवरण दी न्युयोर्क टाइम्सले पहिलोपटक सार्वजनिक गरेको थियो ।

इरान सरकार र हमासले हानियाको हत्या इजरायलले गरेको बताउँदै आएका छन् । इजरायलले घटना आफूले गराएको ‘कन्फर्म’ गरेको छैन, अस्वीकार पनि गरेको छैन ।

स्रोतले जनाएअनुसार, इजरायली अधिकारीले उनको हत्याका बारेमा घटनापछि मात्र अमेरिकालाई जानकारी गराएका थिए । इरान र हमासले हानिया बसेको भवनभन्दा बाहिरबाट रकेट प्रहार गरेर उनको हत्या गरिएको यसअघि बताउँदै आएका थिए ।

तर, उक्त गेस्टहाउसमा बम बाहिरबाट तस्करी गरिएको र त्यो इरानको इस्लामिक रिभोलुस्नरी गार्ड कर्प्सको नियन्त्रणमा भएको जनाइएको छ । 

इरानका सर्वोच्च नेता आयोतोल्ला अली खमेनेईले बुधबार भनेका थिए, “तिमीहरूले हाम्रो प्रिय अतिथिलाई हाम्रो घरमा मार्‍यौ । यसले तिमीहरूलाई कठोर सजाय दिने मार्गप्रशस्त गरेको छ ।” सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro