site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
यूएईमा ‘नेपाल आइडल विथ स्ट्यान्डअप कमेडी’ 

काठमाडौं । यूएईमा ‘नेपाल आइडल विथ स्ट्यान्डअप कमेडी’ कार्यक्रम आयोजना हुने भएको छ । नेपाल आइडल सिजन–५ का विजेता करण परियारको उपस्थितिमा यूएईमा ‘नेपाल आइडल विथ स्ट्यान्डअप कमेडी’ हुने भएको हो ।

अगस्ट ३ र ४ मा यूएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आइडल सिजन ५ का विजेता करण परियार, फर्स्ट रनरअप सलोनी गुरुङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मासहित कमेडियनद्वय सुमन कोइराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन् ।

Dabur Nepal
NIC Asia

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र द अरनिको इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम नेपाल आइडल सिजन ५ का विजेता र उपविजेताहरुको पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम हो । 

उक्त कार्यक्रमलाई नेपालतर्फबाट दामी मिडियाले संयोजन गरेको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro