site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टेलिकमको बिलिङमा एक मात्र आवेदन अमेरिकी कम्पनीको, अपलोड नभएको भन्दै हुवावेको निवेदन
SkywellSkywell

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले कर्न्भरजेन्ट रियल टाइम बिलिङ तथा ग्राहक सेवा सिस्टमका लागि आह्वान गरेको टेन्डरमा एउटा मात्रै कम्पनीको आवेदन परेको छ । टेलिकमका अनुसार साउन १५ गते अन्तिम म्याद रहेको टेन्डरमा अमेरिकी कम्पनी सीएसजी इन्टरप्राइजेजको आवेदन परेको हो ।

टेलिकमले बिलिङ सिस्टमका लागि गत वर्ष २०८० को चैत १८ मा पहिलोपटक टेन्डर आह्वान गरेको थियो । त्यसयता टेन्डरको म्याद तीनपटक थपेर साउन १५ सम्म पुर्‍याएको थियो । साउन १५ को अन्तिम दिन अमेरिकी कम्पनी सीएसजीको आवेदन परेको हो । सोही दिन आवेदन दिन खोज्दा आफ्ना कागजातहरु अपलोड नभएको चिनियाँ दूरसञ्चार पूर्वाधार कम्पनी हुवावेले निवेदन दिएको छ ।

तीनपटक म्याद थप हुँदा आवेदन नदिएका कम्पनीले साढे चार अर्ब रुपैयाँभन्दा बढी लागत अनुमानको यो ठेक्काका लागि अन्तिम समयमा आवेदन दिन खोजेको देखिन्छ । यस्तो हुँदा अमेरिकी कम्पनी सीएसजीको आवेदन मात्रै परेको हो ।

Dabur Nepal
NIC Asia

हुवावेले भने आवेदनका क्रममा आफ्नो कागजात नै अपलोड नभएको भन्दै टेलिकम र सार्वजनिक खरिद तथा अनुगमन कार्यालयलाई जानकारी गराएको छ । टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले सीएसजीको आवेदन परेको र हुवावेले आवेदन पर्न नसकेको जानकारी गराएको बताए ।

“बिलिङ सिस्टमका लागि एक मात्र कम्पनीको आवेदन परेको छ । हुवावेले आफूले आवेदन दिन खोज्दा अपलोड नभएर असफल भएको भनेको छ, त्यो वेबसाइट सरकारको भएका कारण हामीले सार्वजनिक खरिद तथा अनुगमन कार्यालयलाई सम्पर्क गर्न सुझाएका छौँ,” टेलिकमका प्रवक्ता भट्टले भने । 

सार्वजनिक खरिदको सिस्टममा समस्या नभएका कारण समयावधि सकिएर वा उनीहरूको प्राविधिक कमजोरीका कारण आवेदन पर्न नसकेको हुनसक्ने उनको भनाइ छ ।

हुवावेले बिलिङ सिस्टमका लागि आवेदन दिन खोज्दा अपलोड हुन नसकेको भन्दै बुधबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा समेत निवेदन दिएको छ । सार्वजनिक खरिदको वेबसाइटमा आवेदन भने त्यस्तो कुनै समस्या नरहेको कार्यालयका प्रवक्ता विष्णुप्रसाद शर्माको भनाइ छ । उनले भने, “हुवावेले आवेदन दिन खोज्दा असफल भयो भनेर निवेदन दिएको छ । हाम्रो सिस्टममा त्यस्तो कुनै समस्या छैन । त्यसबारे थप आईटी डिपार्टमेन्टले हेर्छ होला ।”

टेलिकमले अब सीएसजीको प्रस्तावको प्राविधिक र आर्थिक विवरणको विश्लेषण गरेर प्रक्रिया अघि बढाउने छ । सीएसजी छनोटमा परेमा टेलिकमले सूचना जारी गर्नेछ । त्यसमा विरोध नभएमा नयाँ कन्र्भजेन्ट रियल टाइम बिलिङ तथा कस्टुमर सर्पोटक सिस्टमको खरिद प्रक्रिया अघि बढ्नेछ ।

टेलिकमको बिलिङ प्रणाली निकै महत्त्वपूर्ण सफ्टवयर मानिन्छ । यसले ग्राहकले फोन गरेको समयावधिको लाइभ पैसा काट्ने, म्यासेज गर्दा लाग्ने शुल्क काटेर सोही अनुसारको लाइभ बिल तयार पार्ने, जानकारी दिने र ग्राहकलाई डाटा र अन्य सेवा प्रदानगर्ने लगायत काम गर्छ । 

नेपाल टेलिकमले हाल चिनियाँ कम्पनी एसिया इन्फोको बिलिङ प्रणाली प्रयोग गर्दै आएको छ । करिब १२ वर्ष पुरानो यो प्रणालीका कारण टेलिकमको सेवामा समस्या आउने गरेको गुनासो हुने गरेको छ । यस विषयमा २०७९ को माघमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरव गिरीको संयोजकत्वमा बनेको छानबिन समितिले टेलिकमको बिलिङ प्रणालीमा सातदेखि ११ प्रतिशत आम्दानी गुमिरहेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।

यसअघि २०७८ सालमा डिल्ली अधिकारी र २०७९ सालमा सुनिल पौडेल प्रबन्ध निर्देशक (एमडी) हुँदा बिलिङ प्रणाली खरिद गर्ने प्रक्रिया सुरु भएको थियो, तर अघि बढ्न सकेको थिएन । २०७९ को पुसमा तत्कालीन सञ्चालक समितिका अध्यक्ष सञ्चारसचिव बैकुण्ठ अर्याल र एमडी पौडेल हुँदा एसिया इन्फोसँगको सम्झौता अवधि थप चार वर्ष थपिएको थियो ।

बिलिङ प्रणालीमा समस्या हुँदा समेत एसिया इन्फोलाई निरन्तरता दिएको भन्दै विवाद भएको थियो । यस विषयमा भ्रष्टाचारको आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमलाई नयाँ खरिद प्रक्रिया अघि बढाउन भनेको थियो । त्यसपछि २०८० को चैतमा आएर मात्रै टेलिकमले पुरानै कागजात र लागत अनुमानका आधारमा नयाँ टेन्डर आह्वान गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu