site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले पाँच र कांग्रेसले चार मन्त्रालय लिन्छ : मुख्यमन्त्री कार्की
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले  कांग्रेसले सबै प्रक्रिया पूरा गरेर आए एक दुई दिनमै सरकार विस्तार हुने बताएका छन् । 

सोमबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, “प्रक्रिया पूरा गरेर आए एक दुई दिनमै सरकार विस्तार हुन्छ । बल कांग्रेसको कोर्टमा छ ।”  

प्रदेशको आलोपालो सरकार गठनको निर्णय केन्द्रले गर्ने उनको भनाइ छ । उनले प्रदेशमा मन्त्रालयको संख्या नौ नै कायम राख्ने जानकारी दिए । नौ मन्त्रालय बाँडफाँट गर्दा शक्ति संख्याको आधारमा एमाले पाँच र कांग्रेसले चार मन्त्रालय लिने उनको भनाइ छ । 

कांग्रेसमा मन्त्री बन्न आकांक्षी धेरै भएपछि टुंगो लगाउन समस्या भएको देखिन्छ । सोही कारण केन्द्रकै भर पर्नु परेको कांग्रेस संसदीय दलका नेता उद्धव थापा बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro