site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक जारी

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक आज बिहान सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा सुरु भएको हो । 

बैठकमा नेपाली कांग्रेसको तर्फबाट कार्यदलका सदस्य गृहमन्त्री रमेश लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा (माओवादी केन्द्र)को तर्फबाट उपमहासचिव जनार्दन शर्मा छन् । 

Dabur Nepal
NIC Asia

बैठकमा टीआरसी विधेयक सम्बन्धी सहमति हुन बाँकी बुँदाहरूमा छलफल गरी टुंग्याइने बताइएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छ । 

दलहरूबीच बालसेनाको मामिलालाई ऐनमा कसरी उल्लेख गर्ने र मेलमिलापका घटनामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्नेबारे छलफल सुरु पनि निष्कर्षमा पुगिसकेको छैन । पीडितको स्वतन्त्र सहमतिका बारेमा निष्कर्ष निस्कन सकेको छैन । न्युज एजेन्सी नेपाल
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro