site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युद्ध रोक्न इजरायललाई कमलाको दबाब

वाशिङटन । अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उमेदवार कमला ह्यारिसले इजरायललाई युद्ध अन्त्य गर्न आग्रह गरेकी छन् ।

उनले बिहीबार राष्ट्रपति जो बाइडेनभन्दा अलि कडा मिजासमा इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातानाहुलाई युद्ध अन्त्य गर्न आग्रह गरेकी हुन् । गाजा क्षेत्रमा भइरहेको आक्रमण चासोको विषय भएको बताउँदै उनले भनेकी थिइन्, “यो युद्ध समाम्त गर्ने समय भयो ।”
 
नेतान्याहुले कमलालाई भेट्नुअघि बाइडेनलाई भेटेका थिए । गएको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले कारबाही प्रक्रिया अघि बढाएको हो ।

यस क्रममा गाजा क्षेत्रमा ३९ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । हमासले त्यतिबेला अपहरण गरेका व्यक्तिहरूलाई अझैसम्म छोडेको छैन । नेतान्याहु अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न अमेरिका गएका हुन् । उनले गएको बुधबार उक्त सम्बोधन गर्दा विरोध प्रदर्शन भएको थियो । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro