site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘कर्मा’ निर्माणको घोषणा, निर्देशकमा सौरभ 

काठमाडौं । निर्देशक सौरभ चौधरीले चलचित्र ‘कर्मा’ निर्माणको घोषणा गरेका छन् । निर्देशकसँगै निर्माणपक्षले आज चलचित्र ‘कर्मा’ निर्माणको घोषणा गरेको हो । 

सौरभले निर्देशन गर्ने चलचित्रको कथा पनि उनी स्वयंले लेखेका छन् । एक्सन ड्रामा एडभेन्चर जनरामा चलचित्र निर्माण हुने बताइएको छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने चलचित्रमा बसन्त लम्सालको लगानी रहनेछ ।  

चलचित्रको कथावस्तु र कलाकारबारे निर्माणपक्षले केही जानकारी दिएको छैन । कलाकार अनुबन्ध गर्ने क्रम जारी रहेकाले पछि जानकारी गराउने बताइएको छ । 

सौरभले अघिल्लो वर्ष चलचित्र ‘अगस्त्य : च्याप्टर–१’ निर्देशन गरेका थिए । उक्त चलचित्रमा उनले मेकिङमा गरेको निहिनेतको तारिफ भएको थियो । 

सोही चलचित्रको दोस्रो सिरिज पनि निर्माण हुने बताइएको छ । च्याप्टर–१ घोषणा गर्दै निर्माणपक्षले ‘अगस्त्य : च्याप्टर–२’ निर्माण गर्ने बताएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro