site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्छ : अर्थमन्त्री पौडेल
SkywellSkywell

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा उत्पादित वस्तुहरूको निर्यात प्रवर्द्धन गर्न सरकारले विशेष पहल गर्ने बताएका छन् ।

निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले निर्यात प्रवर्द्धन गर्न सरकारले नीतिगत र व्यवहारिक रूपमा देखा परेका समस्याहरूलाई हटाउँदै जाने बताएका हुन् ।

Dabur Nepal
NIC Asia

उनले समस्याहरूलाई प्राथमिकीकरण गर्न आग्रह गर्दै त्यसकै आधारमा समाधानका उपाय खोज्ने धारणा व्यक्त गरे ।

निर्यात व्यवसायी महासंघले निर्यात वृद्धिका लागि नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको निर्माणको गुरुयोजनाका लागि बजेटको व्यवस्था गर्न, नेपालमा अन्तर्राष्ट्रिय निर्यात एक्स्पो आयोजना गर्न, निर्यात प्रवर्द्धन तथा वस्तु विकासका लागि अधिकार सम्पन्न बोर्डको स्थापना गर्न माग गरेको छ ।

त्यसैगरी महासंघले उत्पादन लागत कम गर्न निर्यातजन्य उद्योगहरूलाई लगानी गर्दा बैंक व्याजदरमा पाँच प्रतिशतको अनुदान दिनुपर्ने सुझाव दिएका छन् । साथै, बैंकहरूको कुल ऋण प्रवाहको पाँच प्रतिशत निर्यातजन्य उद्योगहरूमा अनिवार्य लगानीको व्यवस्था गर्न, निर्यात–आयात बैंक स्थापना गरी निर्यात उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातको व्यवस्था गर्नुपर्ने लगायत १७ वटा सुझाव दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu