site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओलीले लिए ब्रिफिङ, भने– घटना दुःखद, हृदयविदारक र अकल्पनीय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्ययन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा ब्रिफिङ लिएका छन् ।

बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनापछि विमानस्थल पुगेका ओलीले घटना अकल्पनीय भएको बताए । “प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताउनुभयो । उहाँले निधन भएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गर्नुभयो । घाइते क्याप्टेनको स्वास्थ लाभको कामना गर्नुभयो,” भेटबारे प्रधानमन्त्रीको सचिवालय भन्यो । 

ओलीले घटनाबारे सरकारले आवश्यक निर्णय लिने बताएका छन् । आगामी दिनमा त्यस्तो घटना नहोस् भन्नेमा सचेत रहन ओलीले निर्देशन दिए । “यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिनुभयो । घटना कसरी भयो ? मानवीय वा प्राविधिक कमजोरी भयो ? भन्ने बुझ्न आग्रह गर्नुभयो,” उनको सचिवालयले भनेको छ । 

सौर्य एयरको विमान आज बिहान विमानस्थलमा दुर्घटना भएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro