site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
खेलकुद मैदान निर्माण गर्दा एक लाख घुस लिने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इन्जिनियर मो. अख्तर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनले खोलकुद मैदान निर्माण गर्दा सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा इन्जिनियरसँग एक लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।  

इन्जिनियर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस मागिरहेको सूचना पाएपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो । 

यसैत्रममा अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई केही दिनअिघ सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

थप अनुसन्धान हुँदा इन्जिनियर हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्नपश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ माग गरी लिएको पुष्टि हुन आएको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro