site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेयर बजारमा करेक्सन, एक अर्ब ३२ करोडले घट्यो कारोबार रकम
Tiktok banner adTiktok banner ad

काठमाडौं । लगातार उच्च अंकले बढेको धितोपत्र दोस्रो बजारमा सोमबार करेक्सन देखिएको छ । दिनभरिको उतारचढावका बीच बजार अन्तिम एक मिनेटमा दुई अंकले बढेर बन्द भयो ।

यस दिन नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा बन्द भएको हो । बढेको बजारमा नाफा बुक गर्नेहरू सक्रिय हुँदा बजारमा दिनभरि नै उतारचढाव देखियो ।

कारोबार रकममा भने कमी देखिएको छ । सोमबार १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । आइतबारको तुलनामा कारोबार रकम एक अर्ब ३२ करोड रुपैयाँले कम भएको हो ।

११५ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १२१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता एक हजार ४९४ रुपैयाँ कायम भएको छ । नेपाल फाइनान्सको सेयर मूल्य ८.६७ प्रतिशतले बढेर एक हजार १७९ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । सर्वाधिक परिसूचक वृद्धि उत्पादन तथा प्रशोधन समूहको भएको छ । यो समूहको परिसूचक २.१६ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

सर्वाधिक परिसूचक घट्नेमा वाणिज्य बैंक समूह छ । यो समूहको परिसूचक १.२३ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro