site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुला
फाइल तस्बिर ।

काभ्रेपलाञ्चोक । वर्षापछि पहिरो जाँदा गए रातिदेखि अवरुद्ध बीपी राजमार्ग एकतर्फी खुलाइएको छ । उक्त राजमार्गअन्तर्गत काभे्रको रोशी गाउँपालिकाका विभिन्न स्थानमा बाढी तथा पहिरोले रातिदेखि सडक अवरुद्ध भएको थियो ।

अवरुद्ध रोशी–मंगलटार सडकखण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । राजमार्गको माम्तीखोला र भ्याकुरेखोलाको बाढी तथा मंगलटार क्षेत्रका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । अहिले पनि सुरक्षाकर्मी परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ ।

सडक दुईतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उनका अनुसार, दिउँसोसम्ममा दुईतर्फी यातायात सञ्चालन गराइनेछ ।

गएको असार अन्तिम साता पनि उक्त सडकखण्ड अवरुद्ध भएको थियो । उक्त क्षेत्रमा स–साना पहिरो गइरहने भएकाले त्यो पन्छाउन स्काभेटरलाई ‘स्यान्डबाई’ राखिँदै आएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro