site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पदको सदुपयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदको उचित सदुपयोग गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमा सबैलाई धन्यवाद दिँदै उनले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म पदको सदुपयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । 

“संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ, यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्नेछु, प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद”, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।  

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा १८८ मत परेको थियो । विपक्षमा ७४ मत परेको थियो । एक सदस्य तटस्थ रहेका थिए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro