site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस–एमालेलाई लिङदेनले भने– गल्ती सच्याउने अन्तिम मौका हो 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कांग्रेस र नेकपा (एमाले)सामु गल्ती सच्याउने अन्तिम अवसर रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले दुई दलको सहकार्यको नियत अझै पनि सत्ता मात्र रहेको टिप्पणी गरे ।

“राष्ट्रका लागि सोचेर सहकार्य गर्नुभएको हो भने तपाईंहरू (कांग्रेस र एमाले)का लागि गल्ती सच्याउने यो अन्तिम मौका हो,” लिङदेनले भने, “तर, यसको जगमा सत्ता मात्र छ । फेरि पनि तपाईंहरू मिलेर जानुस्, अरूलाई पनि सँगै लिएर जानुस्, शुभकामना ।”

Argakhachi Cement Island Ad

उनले दुई दलबीचको सहमतिमा संविधान संशोधनसहितका विषय आएकाले समर्थन गर्ने ‘मुड’मा रहे पनि एमालेका महासचिवको अन्तर्वार्तापछि आफू त्यसबाट पछि हटेको स्पष्ट पारे ।

“यो गठबन्धन निर्माण गर्दा संविधान संशोधन समेतका विषय सार्वजनिक भएपछि समर्थन गर्ने पक्षमा हामी थियौँ । तर, एमालेको महासचिवले एउटा टेलिभिजनमा अन्तर्वार्ता दिएपछि म त्यसबाट पछि हटेको छु,” उनले भने, “दुईदलीय व्यवस्थाको अभ्यासका लागि अरे ! सोचौँ त, कांग्रेस र एमाले मात्र भएको देश कस्तो हुन्छ होला ? अरू सबै हुँदा त यस्तो छ !”

उनले त्यही कारण आफूहरूले प्रतिपक्षमा बस्ने निर्णय गरेको बताए ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्