site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओलीले गरे प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको स्मरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मरण गरेका छन् ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक सभापति बीपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा ओलीले उनीप्रति विशेष सम्मानसहित श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

“आज आदरणीय नेता बीपी कोइरालाको ४२ स्मृति दिवस पनि हो । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु,” प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुआतमा भने, “नेपाली समाजको परिवर्तन र रूपान्तरणमा उहाँले पुर्‍याएको योगदानको सम्मान गर्दछु र उहाँप्रति अत्यन्तै आदरभावका साथ श्रद्धाञ्जली अर्पण गर्दछु ।”

प्रधानमन्त्री ओलीले बीपीसँगै पुष्पलाल श्रेष्ठ, गणेशमानसिंह र मदन भण्डारीलाई पनि स्मरण गर्दै सम्मान व्यक्त गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro