site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ढाकाबाट ५७ विद्यार्थी विमानमा काठमाडौं आइपुगे, फर्किने ठूलो संख्याले गरे सडकमार्गको प्रयोग 
तस्बिर : रासस ।

काठमाडौं । बंगलादेशमा कोटाविरोधी आन्दोलन चर्किएपछि  त्यहाँ अध्ययनरत ५७ नेपाली विद्यार्थी आइतबार काठमाडौं फर्केका छन् । उनीहरू बंगलादेशको विमानमार्फत काठमाडौं आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

“आज मात्र ढाकाबाट ५७ नेपाली विमानमा चढी काठमाडौं आइपुग्नु भएको छ । यसअघि ८०० नेपाली बंगलादेशबाट नेपाल फर्किनु भएको थियो,” परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बाह्रखरीसँग भने, “बंगलादेशबाट फर्किने धेरैजसोले सडक मार्ग प्रयोग गर्दै भारतबाट नेपाल आउनु भएको छ ।” 

केहीदिन यतादेखि बंगलादेशमा कोटाविरोध आन्दोलन चर्किइरहेको छ । विश्वविद्यालयका विद्यार्थीले आन्दोलन चर्काइरहेका छन् । आन्दोलनमा क्रममा ३५ जनाभन्दा बढीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । “बंगलादेशमा रहनुभएका नेपाली विद्यार्थीहरू सुरक्षित हुनुहुन्छ । ढाकास्थित हाम्रो दूतावास त्यहाँ रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रहेको छ,” प्रवक्ता राईले भने । 

ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई तत्कालै कुनै सहयोग आवश्यक परेमा ८८०१८८०६९१०१३ र ८८०१७४५४०७९५८ नम्बरमा फोन गर्न अनुरोध गरेको छ । आन्दोलन हिंसात्मक बनेपछि बंगलादेश सरकारले त्यहाँका सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभए सम्मका लागि बन्द गर्ने घोषणा गरेको छ । 

ढाकास्थित नेपाली दूतावासका अनुसार बंगलादेशमा तीन हजारको हाराहारीमा नेपाली रहेका छन् । त्यसमध्ये अधिकांश विद्यार्थी छन् । बंगलादेशमा अध्ययनरत नेपालीमध्ये दुई हजार ४०० जति मेडिकल शिक्षा अध्ययनरत छन् । दोस्रो ठूलो संख्या कृषि पढ्नेहरूको छ । 

खासगरी सरकारी जागिरमा आरक्षणको व्यवस्थालाई लिएर बंगलादेशका विद्यार्थीले प्रदर्शन गरेका हुन् । विश्वविद्यालयका विद्यार्थीले सन् १९७१ को मुक्ति युद्ध लड्ने सैनिकको बालबालिकालाई सरकारी जागिरमा दिइँदै आएको आरक्षणको व्यवस्थाको विरोध गरेका हुन् । 

सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुने युद्धमा सहभागी सैनिकलाई बंगलादेशमा ‘वार हिरो’ भन्ने गरिन्छ । बंगलादेशमा एकतिहाई सरकारी जागि यिनै वार हिरोका छोराछोरीको लागि आरक्षण छ । यसैको विरुद्धमा विद्यार्थीहरूले आन्दोलन गरेका हुन् र उक्त आरक्षण हटाई ‘मेरिट’को आधारमा रोजगारी प्रदान गर्न माग गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro