site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नेपाल मामिलामा प्रतिरक्षा रणनीति ल्याउन भारतलाई केभी राजनको सुझाव
SkywellSkywell

काठमाडौं । नेपालका निम्ति भारतका पूर्वराजदूत केभी राजन र पोलिसी प्रोफेसनल अतुल के ठाकुरले काठमाडौंमा अर्को राजनीतिक ‘नाटक’ खुलेको टिप्पणी गरेका छन् । नेपालको संवैधानिक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको संक्रमण अन्त्य नहुने खालको ‘अराजक’ अवस्था देखिएको उनीहरूले जनाएका छन् ।

भारतको अंग्रेजी दैनिक टाइम्स अफ इन्डियामा आइतबार प्रकाशित उनीहरूको संयुक्त आलेखमा उक्त चर्चा गरिएको छ । नेपालमा कहिल्यै नटुंगिने शक्तिको संघर्षमा भारतले नयाँ रणनीति लिनुपर्ने सुझाव पनि उनीहरूले दिएका छन् ।

Dabur Nepal
NIC Asia

उनीहरूले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेर नयाँ प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएको उल्लेख गरेका छन् । पूर्ववर्ती सरकारले जाने बेलाको ‘क्याबिनेट’मा चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआर)आई अन्तर्गत रेलवे परियोजना स्वीकृत गरेको र त्यसअघि १०० रुपैयाँ दरको नोटमा भारतीय सीमा क्षेत्रका भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई राख्ने निर्णय गरेको जनाएका छन् ।

नेपाली कांग्रेस समेतको वर्तमान सरकारमा भारतविरोधी गतिविधि नहुने अपेक्षा गरिएको उनीहरूले लेखेका छन् । ओलीलाई अक्सर भारतविरोधी देखाउने गरिएको छ । तर, नेपालमा त्यसविपरीतका कारणले उनको आलोचना हुने गरेको स्मरण समेत उनीहरूले आलेखमा उल्लेख गरेका छन् ।

नेपालको राजनीतिक अस्थिरताले स्वदेशी तथा विदेशी लगानीकर्तालाई अप्ठ्यारो अवस्था रहेको उनीहरूको बुझाइ छ । यसको शोषण विदेशी खेलाडीले गर्न सक्ने वास्तविक सम्भावना रहेको उनीहरूले जनाएका छन् ।

प्रचण्ड र ओली दुवैले चीनलाई प्रयोग गरेको वा चीनले नै उनीहरूलाई प्रयोग गर्ने अनुमति दिएको आलेखमा उल्लेख छ । यसले गर्दा भारतले पछिल्ला वर्षमा तीव्र असुविधा भोग्नुपरेको उनीहरूले जनाएका छन् ।

चीन दुवै पार्टीलाई एक हुनका निम्ति आग्रह गर्न सक्रिय भएको उनीहरूले उल्लेख गरेका छन् । त्यसको एउटै मिसन भनेको नेपाललाई भारतविरोधी, पश्चिमाविरोधी र नयाँ अनिश्चित विश्व अर्डरमा परनिर्भर ‘राडार’मा राख्नु रहेको आलेखमा चर्चा गरिएको छ ।

चीनको प्रस्ट रणनीतिक आशयका विषयमा भारतले विस्तृत प्रतिरक्षा रणनीति अहिलेको सरकारको रङको परवाह नगरी ल्याउनुपर्ने सुझाव समेत उनीहरूले दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu