site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाली विद्यार्थी बंगलादेशबाट मेघालय र त्रिपूराको सीमा हुँदै भारत छिरे

ढाका । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा गएको सातामात्रै ११४ जनाको मृत्यु भएपछि सरकारले त्यहाँ कर्फ्यु जारी गरेको छ । सरकारले आज आइतबार र भोलि सोमबार त्यहाँ सरकारी कार्यालय र प्रतिष्ठानहरू पनि बन्द गर्न आग्रह गर्दै सार्वजनिक बिदा दिएको छ ।

त्यहाँ रहेका करिब ८०० नेपाली विद्यार्थीले शनिबारसम्ममा हवाई र स्थलमार्गबाट बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले शनिबार राति एक्समार्फत जानकारी गराएको थियो ।

यसैबीच स्थानीय पत्रिकाले जनाएअनुसार करिब १०० विदेशी विद्यार्थी बंगलादेशबाट उत्तरपूर्वी भारतको त्रिपूरास्थित एकीकृत चेकपोस्ट हुँदै भारततर्फ छिरेका छन् । ती करिब १०० जनामा नेपाली पनि रहेको र सबैसँग आधिकारिक कागजपत्र रहेको भारतीय अधिकारीहरूले जनाएका छन् ।

यसैगरी भारतको मेघालयसँग जोडिएको बंगलादेशको सीमाबाट पनि सयौँको संख्यामा नेपाली तथा अन्य विद्यार्थी छिरेको स्थानीय भारतीय अधिकारीहरूले बताएका छन् ।

बंगलादेशको रंगपुर मेडिकल कलेजमा अध्ययन गरिरहेका नेपाली विद्यार्थी राहुल राईले भारतको हैदरावादबाट प्रकाशित हुने सियासत डेलीसँगको कुराकानीमा भनेका छन्, "बंगलादेशको अवस्था खराब भएको छ । जताततै सुरक्षाकर्मीसँग भिडन्त भइरहेको छ । हामीले असुरक्षित महसुस गरेर फर्कने निर्णय गरेका हौँ ।"

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro