site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विगतमा ओलीविरुद्ध उठाइएका मुद्दामा मौन बस्दैनौँ : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ मितिमा दल खोल्दैमा नयाँ शक्ति हुने भ्रमबाट मुक्त हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उनले वैकल्पिक राजनीतिक प्रवृत्तिलाई स्थापित गर्न नसक्दा विकल्प भनिएका दलहरू पनि स्थापित हुन नसकेका धारणा व्यक्त गरे ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई सफल बनाउन कांग्रेसले सबैतिरबाट साथ दिने उनले बताए । उनले विगतमा ओलीविरुद्ध उठाइएका मुद्दामा भने मौन नबस्ने स्पष्ट पारे ।

नयाँ सरकारले देशको आवश्यकताअनुसार संविधान संशोधन गर्नका निम्ति सबै दलहरूसँग समन्वय गर्न सक्नुपर्नेमा उनले जोड दिए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro